
समाचार सारांश
Auto Generated by AI
- मुगु जिल्ला अस्पतालको भाइरल भिडियो भ्रामक र तथ्यहीन रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।
- कर्मचारीहरूबीचको सामान्य ठट्टाको भिडियोलाई गलत अर्थ लाग्ने गरी सार्वजनिक गरिएको कार्यालयको भनाइ छ।
- अस्पतालको सेवा प्रवाह नियमित र गुणस्तरीय रहेको भन्दै भ्रमपूर्ण कुरामा नलाग्न कार्यालयले अनुरोध गरेको छ।
रतन बहादुर रावल मुगु-जिल्ला अस्पताल मुगुको सेवा प्रवाहलाई लिएर केही दिनअघि एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोप्रति स्वास्थ्य सेवा कार्यालय, मुगुले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कार्यालयले बिहीबार एक आधिकारिक प्रेस विज्ञप्ति जारी गर्दै वास्तविक सन्दर्भभन्दा बाहिर गएर भ्रामक सन्देश फैलाइएको स्पष्ट पारेको हो। त्यही भित्रैका कर्मचारी मजाकमा आफूहरूबीच कुराकानी भइरहँदा भिडियो बनाएको आफूलाई थाहा नभएको उनी बताउँछ।
सामाजिक सञ्जालमा प्रसारित कार्यालय सहयोगी (का.स.) सुरबहादुरको भिडियोका कारण आम नागरिकमा विभिन्न भ्रम तथा गलत बुझाइ सिर्जना भएको कार्यालयको ठहर छ । विज्ञप्तिमा भनिएको छ, “भिडियोमा आफ्नो भनाइ राख्ने सम्बन्धित व्यक्तिले समेत उक्त भिडियोको वास्तविक सन्दर्भबारे स्पष्ट पारिसक्नुभएको छ । तर, वास्तविकताभन्दा बाहिर गएर गलत अर्थ लाग्ने गरी भिडियो सार्वजनिक गरिनु दुःखद भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डक्टर दिपेन्द्र जंग शाहीले दुखेसो पुग्नुभयो त्यो भिडियोमा भने जस्तो बिना आधिकारिक र फेक सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेकै भरमा तपाईँहरू नपत्याउनुहोला भन्दै सबैमा सत्यता नरहेको बताउनुभयो
तपाईहरु आफै आएर जिल्ला अस्पताल हेर्न सक्नुहुन्छ
स्वास्थ्य सेवा कार्यालयले अस्पतालका सम्पूर्ण कर्मचारीहरू नियमित रूपमा कार्यस्थलमा उपस्थित भई सेवा प्रवाह गरिरहेको जानकारी गराएको छ । प्रचलित नियमअनुसार केही कर्मचारीहरू स्वीकृत तालिम तथा घरबिदामा रहे पनि अस्पतालबाट प्रदान गरिने अत्यावश्यक लगायतका कुनै पनि स्वास्थ्य सेवामा अवरोध वा समस्या नरहेको कार्यालयले स्पष्ट पारेको छ ।
अस्पतालको वास्तविक अवस्था नबुझी अपूर्ण जानकारीका आधारमा भ्रमपूर्ण सामग्री सम्प्रेषण नगर्न तथा सामाजिक सञ्जालमा कुनै पनि सामग्री साझा गर्नुअघि सत्यतथ्य बुझिदिन कार्यालयले सम्पूर्ण सरोकारवाला तथा सर्वसाधारणमा हार्दिक अनुरोध गरेको छ । साथै, आगामी दिनमा अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउने प्रतिबद्धता समेत कार्यालयले व्यक्त गरेको छ ।

