संघर्षपूर्ण जीवनयात्राबाट राजनीति र कृषिमा उदाएका तिलक बहादुर मल्ल: मुगु कांग्रेसको नेतृत्वदेखि समाजसेवासम्म

समाचार सारांश
Auto Generated by AI
  • मुगुका तिलक बहादुर मल्ल सफल राजनीतिज्ञ, व्यावसायिक कृषक र समाजसेवीका रूपमा स्थापित भएका छन्।
  • नेपाली कांग्रेस मुगुका जिल्ला सभापति मल्लले राजनीतिसँगै कृषि उद्यमलाई निरन्तरता दिई आत्मनिर्भर बनेका छन्।
  • उनी नेपाल नेत्रज्योति संघको प्रदेश सभापति भई दुर्गम क्षेत्रमा आँखा स्वास्थ्य सेवा पुर्‍याउन सक्रिय छन्।

रतन बहादुर रावल-मुगु । दुःख, कष्ट र निरन्तरको संघर्षबाट अगाडि बढेका मुगु छायाँनाथ रारा नगरपालिका वडा नं१ घर भएका तिलक बहादुर मल्ल यतिबेला मुगु जिल्लाको राजनीति, व्यावसायिक कृषि र समाजसेवामा एक सफल व्यक्तित्वका रूपमा चिनिएका छन्। युवा अवस्थामै तरकारी खेती गरेर जीविकोपार्जन सुरु गरेका मल्ल को रेडबण्डा कृषि एकीकृत फर्म  पनि छ।सक्रिय राजनीतिमा होमिँदा पनि आफ्नो पुर्ख्यौली कृषि पेसालाई निरन्तरता दिइरहेका छन्।राजनीतिक व्यस्तताका बाबजुद मल्लले कृषि उद्यमलाई छोडेका छैनन्। उनले आफ्नै घरको आँगनमा विभिन्न स्थानीय अन्नबालीको प्रशोधन गरी मनग्य आम्दानी गर्दै आएका छन्, जसले उनलाई आत्मनिर्भर राजनीतिज्ञका रूपमा स्थापित गरेको छ।

Workplace

राजनीतिक यात्रा र नेतृत्व
मल्लको राजनीतिक यात्रा वि.सं. २०४६ को ऐतिहासिक जनआन्दोलनपछि विद्यार्थी राजनीतिबाट सुरु भएको हो। संगठन निर्माणमा लामो अनुभव बटुलेका उनले विगतमा नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरुण दल मुगुको जिल्ला अध्यक्षको जिम्मेवारीसमेत कुशलतापूर्वक निर्वाह गरिसकेका छन्।पार्टीको महासमिति सदस्यका रूपमा लामो समय क्रियाशील रहेका मल्ल २०८३ असोजमा सम्पन्न नेपाली कांग्रेस (देउवा पक्ष) को ९ औँ जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा जिल्ला सभापतिमा चयन भएका हुन्। यसअघि वि.सं. २०७४ को प्रदेश सभा निर्वाचनमा उनी मुगु क्षेत्र नम्बर १ (क) बाट नेपाली कांग्रेसको उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका थिए। उसका निकटम प्रतिद्वन्दित नेकपा एमाले का दान्सिङ नेपालीले जितेका। सामाजिक क्षेत्रमा सक्रियता
राजनीति र कृषिसँगै मल्ल सामाजिक सेवामा पनि उत्तिकै समर्पित छन्। उनी नेपाल नेत्रज्योति संघ कर्णाली प्रदेशको प्रदेश सभापति पदमा निर्विरोध निर्वाचित भई दुर्गम क्षेत्रका नागरिकलाई आँखा स्वास्थ्य सेवा प्रदान गर्ने अभियानमा सक्रिय रूपमा जुटिरहेका मल्ल मुगुका सबै दुरदराज का ठाउँमा छन्। सेवा दिइरहेका छन।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?