स्पेनमा निर्माणाधीन ‘नेपाल घर’ का लागि सगरमाथा आरोही अक्कल बहादुर बोहोराद्वारा २,००२ युरो सहयोग।

रतन बहादुर रावल मुगु- स्पेनमा निर्माण हुन लागेको ‘नेपाल घर मन्दिर निर्माण अभियानमा समाजसेवी तथा मुगु जिल्लाका पहिलो सगरमाथा आरोही अक्कल बहादुर बोहोराले २,००२ युरो आर्थिक सहयोग प्रदान गर्नुभएको छ।नेपाल घर निर्माणार्थ आयोजित आध्यात्मिक महोत्सवका क्रममा पूर्व सशस्त्र प्रहरी बलका हवलदार एवं ‘अक्कल–कोपिला फाउन्डेसन’ का संस्थापक बोहोराले घोषणा गर्नुभएको उक्त रकम अभियानलाई प्राप्त भएको हो। सफल व्यवसायीसमेत रहनुभएका बोहोराको यो योगदानप्रति निर्माण अभियानले हार्दिक आभार व्यक्त गरेको छ। अभियानले नेपाल घर केवल एउटा भवन मात्र नभई प्रवासमा नेपालीहरूको पहिचान, संस्कृति र भावी पुस्ताको साझा सम्पत्ति भएको उल्लेख गर्दै सबैको साथ र सहयोगले साझा सपना साकार हुँदै गएको जनाएको छ।विकट क्षेत्रको शिक्षा, स्वास्थ्य र पूर्वाधारमा निरन्तर सक्रिय
प्रवासमा रहेर पनि समाजसेवी बोहोराले नेपालका अति विकट र दुर्गम क्षेत्रको शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्‍याउँदै आउनुभएको छ। असहाय र विपन्न नागरिकहरूको सहारा बन्दै आउनुभएका उहाँले विशेषगरी कर्णाली र मुगु जिल्लाको शैक्षिक गुणस्तर सुधारमा महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ। मुगुका हरेक विद्यालयमा पुगेर शैक्षिक सामग्री वितरण गर्नुका साथै उहाँले उच्च हिमाली भेगका विद्यार्थीहरूका लागि न्यानो कपडा वितरण कार्यक्रमसमेत सञ्चालन गर्दै आउनुभएको छ।

Workplace

यसका अतिरिक्त, बोहोराले आफ्नो जन्मथलो मुगुको थार्प गाउँस्थित मष्टा मन्दिरदेखि मालेखिमाईसम्म जाने कर्णाली प्रदेशकै लामो ढुङ्गाले छापिएको बाटो निर्माण कार्यलाई अघि बढाउनुभएको छ। मुगु जिल्लामा धर्मशाला, मठमन्दिर, पाटीपौवा, धारा तथा आरसीसी बाटो निर्माणजस्ता सामाजिक कार्यमार्फत उहाँले स्थानीय स्तरमा उच्च प्रशंसा बटुल्नुभएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?