सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार

समाचार सारांश
Auto Generated by AI
  • नेपाली बजारमा केही दिनदेखि सुनचाँदीको मूल्यमा ठूलो उतारचढाव देखिएको छ।
  • शुक्रबार छापावाल सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँले घटेको छ।
  • सुनसँगै चाँदीको मूल्य पनि तोलामा ११० रुपैयाँले घटेर ३ हजार ८१० रुपैयाँ कायम भएको छ।

काठमाडौ -पछिल्ला केही दिनयता नेपाली बजारमा सुनचाँदीको मूल्यमा व्यापक उतारचढाव जारी छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तीव्र वृद्धि भएको सुनको मूल्य शुक्रबार (कात्तिक २०) भने भारी अंकले ओरालो लागेको छ।

Workplace

बिहीबार एकैदिन १३ हजार ३०० रुपैयाँले बढेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला ५ हजार ९०० रुपैयाँले घटेर २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार छापावाल सुनको मूल्य २ लाख ८८ हजार ९०० रुपैयाँ पुगेको थियो।

- Advertisement -Workplace

यस साताको सुरुवातदेखि नै सुनको मूल्यमा ठूलो हेरफेर देखिँदै आएको छ। साताको पहिलो दिन आइतबार ८ हजार ३०० रुपैयाँले घटेर २ लाख ७२ हजार रुपैयाँमा झरेको सुनको मूल्य त्यसपछिका दिनहरूमा लगातार बढेको थियो। सोमबार २ हजार ३०० रुपैयाँ बढेर २ लाख ७४ हजार ३०० रुपैयाँ, मंगलबार ७०० रुपैयाँ बढेर २ लाख ७५ हजार रुपैयाँ र बुधबार ६०० रुपैयाँ बढेर २ लाख ७५ हजार ६०० रुपैयाँ पुगेको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ३ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदीको मूल्य २६५ रुपैयाँले बढेर ३ हजार ९२० रुपैयाँ पुगेको थियो।

साताका अन्य दिनहरूमा आइतबार १७५ रुपैयाँ घटेर ३ हजार ६५० रुपैयाँ, सोमबार ७० रुपैयाँ बढेर ३ हजार ७२० रुपैयाँ, मंगलबार ४५ रुपैयाँ घटेर ३ हजार ६७५ रुपैयाँ र बुधबार २० रुपैयाँ घटेर ३ हजार ६५५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?