सुनको मूल्यमा लगातार गिरावट आज कतिमा हुदै छ कारोबार

समाचार सारांश
Auto Generated by AI
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा लगातार ठूलो गिरावट आएको छ।
  • बुधबार मात्र सुन २७ सय र चाँदी १ सय रुपैयाँले सस्तिएको छ।
  • अन्तर्राष्ट्रिय बजारको प्रभावले तीन दिनमै सुन प्रतितोला ७ हजार घटेको छ।

काठमाडौ -नेपाली बजारमा सुन र चाँदीको मूल्यमा लगातार ठूलो गिरावट आएको छ। बुधबार सुनको मूल्य एकै दिन तोलामा २ हजार ७ सय रुपैयाँले घटेको छ। यससँगै पछिल्लो तीन कारोबारी दिनभित्रमा मात्रै सुनको मूल्य प्रतितोला कुल ७ हजार रुपैयाँले घट्न पुगेको छ।

Workplace

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ५ सय रुपैयाँ कायम गरिएको छ।

- Advertisement -Workplace

यसअघि अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने गत आइतबार यसको मूल्य २ लाख ९६ हजार ५ सय रुपैयाँ पुगेको थियो।

सुनसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ। बुधबार चाँदीको मूल्य तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ४ हजार २५५ रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३५५ रुपैयाँमा खरिदबिक्री भएको थियो भने गत आइतबार यसको मूल्य प्रतितोला ४ हजार ४४० रुपैयाँ रहेको थियो।

नेपालमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको दर, अमेरिकी डलरको विनिमय दर र भन्सार महसुलका आधारमा महासंघले दैनिक रूपमा तय गर्ने गर्दछ। अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावकै कारण स्थानीय बजारमा पनि मूल्य घटबढ भएको हो।

महासंघले निर्धारण गर्ने यो मूल्य आधारभूत दर मात्र भएकाले सर्वसाधारणले गहना खरिद गर्दा कालिगड ज्याला, जर्ती र मूल्य अभिवृद्धि करसमेत थप भई उपभोक्ता मूल्य केही बढी पर्न जान्छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?