कालीकोटमा एम्बुलेन्स दुर्घटना, दुईजनाको मृत्यु, दुई घाईते (विवरण सहित)

समाचार सारांश
Auto Generated by AI
  • जुम्लाबाट बिरामी बोकेर नेपालगन्ज जाँदै गरेको एम्बुलेन्स कालिकोटमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।
  • दुर्घटनामा परी ३२ वर्षीय भीमबहादुर अधिकारी र चालक २६ वर्षीय शक्तिबहादुर शाहीको ज्यान गएको हो।
  • बाक्लो हुस्सुका कारण सडकबाट २५ मिटर तल खसेको एम्बुलेन्समा रहेका दुईजना घाइतेको उपचार भइरहेको छ।

मुगु । जुम्लादेखि कालीकोट हुँदै नेपालगन्ज बिरामी बोकेर गएको एम्बुलेन्स दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

Workplace

जुम्लादेखि नेपालगन्ज बिरामी बोकेर गएको हिमा गाउँपालिका जुम्लाको ना ०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स कालीकोटको खाडाचक्र नगरपालिका-२ मेयरखोला नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको कालिकोटका डिएसपी हिम बहादुर खत्रीले बताए ।

उनका अनुसार मृत्यु हुनेमा हिमा-६ पातरखोला बस्ने ३२ वर्षीय भीमबहादुर अधिकारी र हिमा-७ मर्चीगाउँ बस्ने एम्बुलेन्स चालक २६ वर्षीय शक्तिबहादुर शाही रहेका छन् ।

कालीकोट जिल्ला प्रहरीका अनुसार एम्बुलेन्स सडकदेखि २५ मिटर तल खसेको थियो । एम्बुलेन्सले हिमा-६ का ७१ वर्षीय बिरामी कलबहादुर अधिकारीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि नेपालगन्ज लगिएको थियो ।

विरामी बुबाको उपचारका लागि संगै गएका छोरा ३२ वर्षीय भीमबहादुर अधिकारीको मृत्यु भएको हो | घाईते हिमा-६ का  कलबहादुरको खुट्टामा चोट लागेको छ । भने अर्का हिमा-७ मर्चीका २० वर्षीय लोकेन्द्र शाहीको कान र पेटमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

कालीकोट प्रहरी प्रमुख हिमबहादुर खत्रीले बाटोमा बाक्लो हुस्सु लागेका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको बताए । घाइते दुवै जनाको कालीकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?