बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली परिचालन

समाचार सारांश
Auto Generated by AI
  • बुढीगण्डकीमा आएको आकस्मिक बाढीपछि नेपाली सेनाको उद्धार टोली घटनास्थल पुगेको छ।
  • सेनाले प्रभावित क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरेको छ र थप उद्धार कार्य जारी छ।
  • नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान सेनाले आग्रह गरेको छ।

काठमाडौ -बुढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली पुगेको छ ।

Workplace

आज बिहान करिब ४ः३० बजे गोरखाको चुमनुब्री गाउँपालिका–३ फिलिममा पहिरोका कारण थुनिएको बुढीगण्डकी खुलेपछि लेदो तथा गेग्रानसहितको बाढीले नदीको तटीय क्षेत्रमा क्षति पुर्‍याएको जानकारीपछि सेनाको उद्धार टोली परिचालन भएको हो ।

- Advertisement -Workplace

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बाढीपछि खोज तथा उद्धारका लागि सेनाको टोली हवाई तथा स्थलमार्गबाट प्रभावित क्षेत्रको परिचालन भएको छ । दुवै टोलीले सम्भावित अवरोधको अवस्था र प्रभावित स्थानको आकलन गर्नाका साथै पहिराको जोखिममा रहेको जगत् गाउँबाट छ जनाको हवाई उद्धार गरेको छ ।

काठमाडौँमा रहेको ‘कम्पोजिट क्विक रेस्पोन्स टिम’ हवाईमार्गबाट उक्त इलाकामा तैनाथ भएको र टोलीले नदी तटीय तथा आसपासका क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिरहेको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?