पशुपतिनाथ मन्दिरमा गैरहिन्दु प्रवेश गरेको आरोपमा इटहरीबाट अन्सारी दम्पती प`क्रा`उ

समाचार सारांश
Auto Generated by AI
  • पशुपतिनाथको मुख्य मन्दिरमा गैरहिन्दू प्रवेश गरेको आरोपमा इटहरीका अन्सारी दम्पती पक्राउ परेका छन्।
  • सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा प्रहरीले कारबाही अघि बढाएको हो।
  • आफूहरू मुख्य मन्दिरभित्र नपसी बाहिरैबाट फर्किएको भन्दै दम्पतीले स्पष्टीकरण दिएका छन्।

गैरहिन्दू भएर पनि पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीकी प्रियंका परियार र उनका श्रीमान् ओसीम अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ।

Workplace

पशुपति क्षेत्र विकास कोषले दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई इटहरीस्थित आफ्नै घरबाट पक्राउ गरेको हो। पक्राउ परेका परियार र अन्सारीलाई थप अनुसन्धान तथा कारबाहीका लागि काठमाडौँस्थित प्रहरी वृत्त गौशाला पठाइएको छ।

- Advertisement -Workplace

पशुपति मन्दिर परिसरमा गैरहिन्दू प्रवेश गरेको विषय सामाजिक सञ्जालमा व्यापक चर्चामा आएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रेम विवाह गरेका ओसीम र प्रियंकाले केही दिनअघि पशुपतिनाथ मन्दिर पुगेर एक भिडियो बनाएका थिए।

उनीहरूले निर्माण गरेको भिडियोमा अन्सारीले मुस्लिम समुदायले लगाउने टोपी लगाएको देखिएको थियो। सोही टोपीका आधारमा सांसद खुस्बु ओलीले सामाजिक सञ्जालमार्फत प्रश्न उठाएकी थिइन्।

सांसदले नै मन्दिरको मर्यादा र नियममाथि प्रश्न उठाएपछि पशुपति क्षेत्र विकास कोषले उनीहरूविरुद्ध प्रहरीमा जाहेरी दर्ता गराएको थियो।

यसैबिच, अन्सारी दम्पतीले मङ्गलबार नै एक भिडियो सार्वजनिक गर्दै स्पष्टीकरण दिएका थिए। स्पष्टीकरणका क्रममा उनीहरूले आफूहरू मूल ढोकाबाट भित्र छिरे तापनि मुख्य मन्दिरभित्र पस्न नपाएको र भर्‍याङबाटै फर्काइएको दाबी गरेका छन्।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?