२६ फाल्गुन २०८२, मंगलबार

सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध देशव्यापी आन्दोलन : १३ जनाको मृत्यु सयौंको संख्यामा घा`इते कर्फ्यु जारी

काठमाडौं — सरकारले फेसबुक, युट्युब, एक्स ( ट्विटर) लगायत २६ सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै आज राजधानी काठमाडौंसहित देशका विभिन्न सहरमा व्यापक आन्दोलन भएको हो ।

Workplace

आन्दोलन उग्र बन्दै जाँदा १३ जनाको मृत्यु भयको छ भने दर्जनौँ घाइते भएका छन्।

आन्दोलनको मुख्य केन्द्र राजधानी काठमाडौं रह्यो। नयाँबानेश्वर, माइतीघर मण्डला, दरबारमार्ग हुँदै संसद भवन वरपर हजारौँ युवाहरूले र्याली निकाले।
‘भ्रष्टाचार रोके सरकार, सामाजिक सञ्जाल होइन’, ‘हाम्रो आवाज हाम्रो अधिकार’ भन्ने नारासहित अघि बढेका प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीले आँसु ग्यास, पानी तोप र रबरको गोली प्रयोग गरेको थियो ।

सिभिल अस्पतालका कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीका अनुसार उपचारका क्रममा मात्रै ६ जनाको मृ`त्यु भएको पुष्टि भएको छ।
बिर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा पनि अल्क अल्क गरि ५ जानाको मृ`त्यु भएको जनाइएको छ भने ठूलो संख्यामा घाइते भर्ना भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ

स्थिति नियन्त्रणबाहिर जान थालेपछि सरकारले नयाँबानेश्वर, संसद भवन क्षेत्र, राष्ट्रपति र प्रधानमन्त्री निवास वरपर कर्फ्यु आदेश जारी गरेको छ।

प्रदेशगत आन्दोलन आन्दोलन काठमाडौंमा मात्र सीमित रहेन।

पोखरा बिराटनगर
बुटवल : लग्यातका ठाउँ ठाउँ मा विरोध ¥याली निकालिएको हुन ।

यी ठाउँहरूमा प्रहरीले लाठीचार्ज गरी केही युवाहरूलाई नियन्त्रणमा लिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुमा कांग्रेस का खड्ग बहादुर शाही बिजय।

छुटाउनुभयो कि ?