सर्वोच्चमा चार न्यायाधीश सिफारिस, फेरि मिचियो वरियता

समाचार सारांश
Auto Generated by AI
  • सर्वोच्च अदालतका लागि चार जना नयाँ न्यायाधीश सिफारिस भएका छन्।
  • न्याय परिषदले उच्च अदालतका न्यायाधीशहरूबाट मात्र सिफारिस गरेको हो।
  • वरियताक्रम मिचेर सिफारिस गरिएकाले यसको चर्चा र आलोचना भएको छ।

काठमाडौ – सर्वोच्च अदालतमा रिक्त चार जना न्यायाधीश सिफारिस भएका छन्।

Workplace

मंगलबार बसेको न्याय परिषदको बैठकले उच्च अदालतका न्यायाधीशहरु मध्येबाट न्यायाधीश सिफारिस गरेको हो। परिषद स्रोतका अनुसार कानुन व्यवसायीबाट यसपटक सर्वोच्चमा न्यायाधीश परेनन्।

- Advertisement -Workplace

परिषद्ले उच्च अदालत पोखराका मुख्यन्यायाधीश रत्नबहादुर बागचन्दलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको छ। मुख्य न्यायाधीशबाट सिफारिसमा परेका उनी मात्रै हुन्।

परिषदले अरु तीन जना भने वरियता मिचेर सिफारिस गरेको छ। चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्चको न्यायाधीश बनाउन सिफारिस गरिएको हो।

गत वर्ष परिषदले निकालेको बुलेटिनअनुसार उच्च अदालतका न्यायाधीशमध्ये थारु पाँच नम्बर वरियतामा छन् भने पाण्डे १३ र डाँगी १६ नम्बर वरियताका न्यायाधीश हुन्। यसअघि जिल्लाबाट हिमलाल बेल्बासेलाई चार दिनका लागि मात्रै वरियता मिचेर उच्च अदालतको न्यायाधीश सिफारिस गरिएको थियो।

परिषदले मुख्यन्यायाधीशहरुलाई पन्छाएर वरियताको तल रहेका न्यायाधीशहरुलाई सर्वोच्च ल्याउन सिफारिस गरेको हो। संसदीय सुनुवाइ समितिले अनुमोदन गरेमा उनीहरु प्रधानन्यायाधीशबाट सर्वोच्चको न्यायाधीशमा नियुक्त हुनेछन्।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?