मुगुमा जडीबुटी संकलन गर्न गएका एक जनाको शव भेटियो, एक जना अझै बेपत्ता; स्पेनबाट अक्कल बहादुर बोहराद्वारा पीडित परिवारलाई आर्थिक सहयोग मुगु । मुगु–हुम्ला सीमावर्ती क्षेत्रमा जडीबुटी संकलन गर्न गएका मुगुका थप एक जनाको शव फेला परेको छ। मुगुम कार्मारोङ गाउँपालिका–९ पाँपुका ३६ वर्षीय अंख रोकायको शव हुम्लाको चंखेली गाउँपालिका–२ सानो मिमि र मुगुको मुगुम कार्मारोङ गाउँपालिका–७ को सीमामा पर्ने तामाखानी लेकमा फेला परेको प्रहरीले जनाएको छ। रोकायसँगै जडीबुटी संकलन गर्न गएका सोही गाउँका ३६ वर्षीय ललितजंग बढुवाल भने अझै बेपत्ता छन्। उनको खोजी कार्य तीव्र रूपमा जारी राखिएको प्रहरीले उल्लेख गरेको छ। विपतमा परेका परिवारलाई स्पेनबाट सहयोग घरको एकमात्र कमाउने व्यक्तिको मृत्यु भएपछि उजाडिएको र बेसहारा बनेको रोकायको परिवारलाई यो दुःखद घडीमा ठूलो धक्का लागेको छ। साना र कलिला टुहुरा बालबालिकाको बिचल्ली भएको यो कारुणिक खबर सुनेपछि सामाजिक कार्यमा सक्रिय ‘अक्कल कोपिला फाउन्डेसन’का संस्थापक, पूर्व सशस्त्र प्रहरी बलका हवलदार एवं धावक खेलाडी अक्कल बहादुर बोहराले पीडित परिवारलाई नगद आर्थिक सहयोग गर्नुभएको छ। हाल स्पेनको कोस्टा ब्लंकामा बस्दै आउनुभएका बोहरा दीनदुःखी, असहाय र विपतमा परेकाहरूका लागि सधैं सहयोगी हात फैलाउँदै आउनुभएको छ। सहयोग प्राप्त गरेपछि भावुक बनेका पीडित परिवारले बोहरा आफ्नो लागि साँच्चिकै ‘भगवान’ बनेर आएको भन्दै आभार प्रकट गरेका छन्। सहयोगपछि बोहराले भन्नुभयो, “यो दुःखमा परेका बेसहारा परिवारलाई अलिकति भएपनि राहत होस् भनेर हातेमालो गरेको हुँ। ती साना बालबालिकाहरूको भविष्यका लागि आगामी दिनमा पनि आफूले सक्दो थप सहयोग गर्नेछु।”

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?