सरकारको मूल्यांकन गरिहाल्ने समय अझै भएको छैन: सभापति रवि लामिछाने

समाचार सारांश
Auto Generated by AI
  • सरकारको चार महिनाको कार्यसम्पादन जनअपेक्षा अनुसार नभएको रवि लामिछानेले स्वीकार गरेका छन्।
  • सरकारको कामको मूल्याङ्कन गर्न अझै केही समय कुर्नुपर्ने र अहिलेको अवरोध सामान्य रहेको उनको भनाइ छ।
  • रास्वपाले जनतासँगको सहकार्यमा देशलाई सही गन्तव्यमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकारको चार महिनाको कार्यसम्पादनमा जनअपेक्षाअनुसार परिवर्तनको स्पष्ट आभास हुन नसकेको स्वीकार गरेका छन्।

Workplace

नागरिकका सुझाव र गुनासाहरूलाई पार्टीले नजिकबाट सुनिरहेको उल्लेख गर्दै उनले वर्तमान अवस्थालाई लिएर चिन्तित नहुन आग्रह गरेका हुन्।

- Advertisement -Workplace

नेपाली युवा उद्यमी मञ्चको २२ औँ वार्षिक साधारण सभामा बोल्दै सभापति लामिछानेले सरकार गठन भएको चार महिना मात्र भएकाले यसलाई पूर्ण मूल्याङ्कन गरिहाल्ने समय नभए पनि यो अवधिमा केही सकारात्मक परिवर्तनको सङ्केत देखिनुपर्ने बताए।

मुलुकको वर्तमान राजनीतिक परिस्थितिलाई हवाई उडानसँग तुलना गर्दै उनले कहिलेकाहीँ मौसमका कारण ‘टब्र्युलेन्स’ (अवरोध) आएपनि गन्तव्य सुरक्षित रहेको दाबी गरे।

आफ्नो पार्टीमा समाज परिवर्तनका लागि हुटहुटी भएका युवा र व्यावसायिक व्यक्तित्वहरूको समूह रहेको जिकिर गर्दै उनले कुनैपनि असहज परिस्थितिलाई सम्हाल्न सक्ने ‘राजनीतिक अभिभावकत्व’ रास्वपासँग रहेको बताए।

गैर-राजनीतिक पृष्ठभूमिबाट आएका विज्ञ र पेशेवरहरूको समूहले देश परिवर्तनका लागि लिएको यो चेतना र अवसर इतिहासमै दुर्लभ भएको उनको भनाइ छ।

सभापति लामिछानेले भने, ‘हामीले भर्खरै सरकार बनाएका छौँ र ऐतिहासिक जनमत प्राप्त गरेका छौँ । त्यसैले चार महिनामै सरकारको मूल्याङ्कन गरिहाल्ने समय भइसकेको छैन । तर यो अवधिमा हामीले केही छनक देखाउन सक्नुपथ्र्यो भन्ने तपाईंहरूको सुझावलाई हामीले मनन गरेका छौँ । हामी हरेक दिन तपाईंहरूलाई सुनिरहेका छौँ । तर चिन्ता नगर्नुहोस् । गन्तव्यतर्फ अघि बढिरहेको हाम्रो उडानमा कहिलेकाहीँ मौसमका कारण टब्र्युलेन्स आउन सक्छ । त्यसैले ‘सिट ब्याक एन्ड रिल्याक्स, फास्टेन योर सिट बेल्ट ।’ हामी तपाईंहरूलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउँछौँ । अप्ठ्यारो परिस्थितिलाई सम्हाल्न सक्ने राजनीतिक नेतृत्व र जिम्मेवारी हाम्रो पार्टीसँग छ । किनकि यो पार्टीमा तपाईँहरूजस्तै केही गरौँ भन्ने हुटहुटी भएका युवाहरू छन् । परिवर्तनका लागि गैरराजनीतिक पृष्ठभूमिका प्रोफेसनलहरूको ठूलो समूह एकजुट भएर अघि बढ्ने चेतना कुनैपनि देशले सहजै पाउँदैन । हामी अहिले त्यही चेतनाको अवस्थामा छौँ । यो हाम्रो मात्र सरकार होइन, यो तपाईंहरूको सरकार हो । इतिहासले दिएको यो अवसरलाई तपाईंहरूसँग सहकार्य गर्दै देश निर्माणमा सदुपयोग गर्न चाहन्छौँ ।’

यो सरकार नागरिककै भएको र इतिहासले सुम्पिएको यो जिम्मेवारीलाई जनतासँगको सहकार्यमा नै सफल बनाउने प्रतिवद्धता समेत सभापति लामिछानेले व्यक्त गरे। रासस ..

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?