
- अर्घाखाँचीको प्रसिद्ध नुवाकोट भैरव नाच यस वर्षको बडादसैँको घटस्थापनाका दिन बुटवलमा प्रदर्शन गरिने भएको छ।
- आगामी असोज २५ गते साँझ ७ बजेपछि बुटवलको बेलबासस्थित झोलुङ्गे पुल नजिकै उक्त सांस्कृतिक नाच देखाउन लागिएको हो।
- परम्परागत कला र मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजित कार्यक्रममा उपस्थित हुन आयोजकले सबैमा आग्रह गरेका छन्।
पूजा शर्मा,अर्घाखाँची । ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको अर्घाखाँचीको प्रसिद्ध नुवाकोट भैरव नाच यस वर्षको बडादसैँको घटस्थापनाका दिन बुटवलमा प्रदर्शन गरिने भएको छ।

नुवाकोट भैरव समाज भूमिकास्थान–८, नुवाकोट, अर्घाखाँचीको संरक्षणमा उक्त ऐतिहासिक नाच बुटवलमा देखाउन लागिएको हो र यसको तयारी तीव्र पारिएको छ।
आगामी असोज २५ गते घटस्थापनाका दिन बुटवलको बेलबासस्थित झोलुङ्गे पुल नजिकै यो विशेष सांस्कृतिक नाच प्रदर्शन गरिनेछ।

परम्परागत कला र मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यो प्रदर्शन असोज २५ गते साँझ ७ बजेपछि सुरु हुने आयोजकले जनाएको छ।
आयोजक टोली रामचन्द्र श्रेष्ठका अनुसार भैरव नाचमा आस्था राख्ने सम्पूर्ण भक्तजन, तथा आम समुदायलाई साँझ ७ बजेपछि बेलबासमा उपस्थित भई नाचको अवलोकन गरिदिन हार्दिक निमन्त्रणा गरिएको छ। परापूर्वकालदेखि चल्दै आएको यो ऐतिहासिक नाचको बुटवल प्रदर्शनले नयाँ पुस्तामा मौलिक संस्कृतिको प्रवर्द्धन गर्न ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ।
