रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या ७८८ पुग्यो, उद्धार कार्य जारी

समाचार सारांश
Auto Generated by AI
  • रसुवाको बाढीमा परी मृत्यु हुनेको संख्या ७८८ पुगेको छ।
  • प्रभावित क्षेत्रबाट हालसम्म २ हजार ७४२ जनाको उद्धार गरिएको छ।
  • उद्धार कार्यमा खटिएका २५ जना प्रहरी अझै सम्पर्कविहीन छन्।

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु हुनेको संख्या ७८८ पुगेको छ भने हालसम्म २ हजार ७४२ जनाको उद्धार गरिएको छ।

Workplace

नेपाल प्रहरीले आइतबार दिउँसो ३ बजेसम्मको सार्वजनिक गरेको विवरणअनुसार उद्धार कार्यका लागि ७ हजार ८९४ जना प्रहरी परिचालन गरिएको छ। बाढीपछि २५ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्।

प्रहरीका अनुसार बाढीले बगाएर विभिन्न जिल्लाका तटीय क्षेत्रमा पुर्‍याएका ७८८ जनाको शव फेला परेको हो। जसमध्ये सबैभन्दा बढी चितवनमा २६४, नवलपरासी (पूर्व) मा १९४ र नवलपरासी (पश्चिम) मा १२० जनाको शव भेटिएको छ।

यस्तै, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ जनाको शव फेला परेको प्रहरीको तथ्यांकमा उल्लेख छ।

प्रभावित क्षेत्रबाट हालसम्म २ हजार ७४२ जनाको घाइते तथा सकुशल उद्धार गरिएको छ। जसमा नुवाकोटबाट २ हजार २० जना, रसुवाबाट ७१९ जना र धादिङबाट ३ जना रहेका छन्।

उद्धार गरिएकाहरूमध्ये काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत तथा उपचारपछि डिस्चार्ज हुने घाइतेको संख्या १६० पुगेको नेपाल प्रहरीले जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?