पूर्व सहायक मन्त्री प्रकाशबहादुर गुरुङको ७२ वर्षको उमेरमा निधन

समाचार सारांश
Auto Generated by AI
  • नेपाली कांग्रेसका नेता तथा पूर्व सहायक मन्त्री प्रकाशबहादुर गुरुङको ७२ वर्षको उमेरमा निधन भएको छ।
  • प्राध्यापन पेसा छाडेर राजनीतिमा लागेका उनी २०५६ सालमा कास्कीबाट निर्वाचित भई मन्त्रीसमेत बनेका थिए।
  • बुधबार बिहान पार्टी कार्यालयमा श्रद्धाञ्जलीपछि उनको पोखराको रामघाटमा अन्त्येष्टि गरिनेछ।

काठमाडौं।नेपाली कांग्रेसका नेता तथा पूर्व सहायक मन्त्री प्रकाशबहादुर गुरुङको ७२ वर्षको उमेरमा निधन भएको छ। केही समयदेखि अस्वस्थ रहेका गुरुङको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मङ्गलबार निधन भएको हो।

Workplace

कास्कीको पर्यटकीय गाउँ घान्द्रुकका गोलमान साहुका नाति तथा मीनबहादुर गुरुङका छोरा प्रकाशबहादुर राजनीतिमा आउनुअघि प्राध्यापन पेसामा आबद्ध थिए। उनले पोखराको पृथ्वीनारायण क्याम्पसमा करिब साढे १५ वर्ष प्राध्यापन गरेका थिए। सरकारी सेवाको पेन्सन अवधि निस्कन थोरै समय मात्र बाँकी रहँदा प्राध्यापन छाडेर उनी नेपाली कांग्रेसको सक्रिय राजनीतिमा होमिएका थिए।

२०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका गुरुङले नेकपा एमालेका नेता सोमनाथ अधिकारी प्यासीलाई पराजित गर्दै संसदीय यात्रा सुरु गरेका थिए। त्यसपछि उनी २०५८ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषद्मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहायक मन्त्री बनेका थिए।

कास्की कांग्रेसका अनुसार दिवङ्गत गुरुङको पार्थिव शरीरलाई बुधबार बिहान १०:३० बजे चिप्लेढुङ्गास्थित जिल्ला पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ। त्यसपछि पोखराको रामघाटस्थित बौद्ध अर्घौं सदनमा उनको अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ।

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?