काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना निकै कम

समाचार सारांश
Auto Generated by AI
  • आज काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना एकदमै न्यून छ।
  • दिनभर मौसम घाम र बादलसहित आंशिक बदली रहनेछ।
  • उपत्यकाको न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस मापन गरिएको छ।

काठमाडौं ।आज काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना निकै कम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Workplace

महाशाखाकी मौसमविद् निष्ठा निरौलाका अनुसार आज उपत्यकामा हल्का वर्षा हुने सम्भावना २० प्रतिशत मात्र रहेको छ। ‘यो भनेको वर्षा हुने सम्भावना एकदमै कम हुनु हो,’ मौसमविद् निरौलाले भनिन्, ‘वर्षा हुन पनि सक्छ र नहुन पनि सक्छ। यदि भइहालेमा पनि दिउँसो वा साँझतिर हल्का रूपमा हुने सम्भावना देखिन्छ।’

उनका अनुसार आज दिनभर काठमाडौं उपत्यकाको मौसम मुख्यतया घाम-बादल (आंशिक बदली) को अवस्थामा रहनेछ।

यसैबिच, आज बिहान ५:४५ बजे गरिएको प्रारम्भिक मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस रेकर्ड गरिएको छ। महाशाखाका अनुसार बिहान ८:४५ बजे लिइने आधिकारिक मापनसम्म न्यूनतम तापक्रम अहिलेको दाँजोमा थोरै घट्न सक्ने आकलन गरिएको छ।

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?