भोटेकोशी बाढी प्रभावित प्रहरीका सन्ततिलाई स्नातकोत्तर तहसम्म निःशुल्क शिक्षा

काठमाडौँ, १३ असोज । नेपाल प्रहरीले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित प्रहरी कर्मचारीका सन्ततिलाई प्राथमिक तहदेखि स्नातकोत्तर तहसम्मको शिक्षा निःशुल्क उपलब्ध गराउने भएको छ। बाढीबाट प्रत्यक्ष प्रभावित २८ जना नेपाल प्रहरी कर्मचारीका सन्ततिलाई उक्त सुविधा उपलब्ध गराउने निर्णय गरिएको हो।

Workplace

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा सोमवार बसेको नेपाल प्रहरी नीति निर्माण समितिको उच्चस्तरीय बैठकले प्रभावित प्रहरी परिवारलाई लक्षित गरी शिक्षा, जीविकोपार्जन तथा दीर्घकालीन पुनःस्थापनासम्बन्धी विशेष निर्णय गरेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।

- Advertisement -Workplace

गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका क्रममा कर्तव्य पालनामा खटिएका तथा बाढीबाट प्रत्यक्ष प्रभावित प्रहरी कर्मचारीका परिवारलाई लक्षित गरी बैठकले सो निर्णय गरेको हो। निर्णयअनुसार प्रभावित २८ जना प्रहरी कर्मचारीका सन्ततिलाई प्राथमिक तहदेखि स्नातकोत्तर तहसम्मको शिक्षा पूर्णरूपमा निःशुल्क उपलब्ध गराइनेछ।

महानिरीक्षक कार्कीले राष्ट्र र नागरिकको सुरक्षाका लागि कर्तव्य पालनाका क्रममा आफ्नो प्राण आहुति दिने प्रहरी कर्मचारी तथा विपद्बाट प्रभावित प्रहरी परिवारप्रति नेपाल प्रहरी सधैँ साथमा रहेको बताउनुभएको थियो। प्रहरी कर्मचारीको त्याग, समर्पण र सेवाको उच्च मूल्याङ्कन गर्दै उनीहरूका सन्ततिको शिक्षा तथा परिवारको पुनःस्थापनाका लागि संगठनले आवश्यक सहयोग गर्ने उहाँले बताउनुभएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले राष्ट्रसेवामा खटिँदा प्रभावित भएका प्रहरी कर्मचारी तथा उनीहरूका परिवारको संरक्षण र कल्याण नेपाल प्रहरीको जिम्मेवारी भएको बताउनुभयो। उहाँले प्रहरी कर्मचारीले जोखिमपूर्ण अवस्थामा निर्वाह गरेको कर्तव्यको सम्मान गर्दै प्रभावित परिवारको शिक्षा र जीविकोपार्जनलाई दीर्घकालीनरूपमा सम्बोधन गर्ने उद्देश्यले निर्णय गरिएको जानकारी दिनुभयो।

प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक धर्मराज भण्डारीले प्रभावित प्रहरी परिवारका अन्य सदस्यको जीविकोपार्जन तथा पुनःस्थापनाका लागि आवश्यकता र क्षमता पहिचान गरी सीपमूलक तथा व्यावसायिक तालिम प्रदान गरिने बताउनुभयो। तालिमपछि रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्न आवश्यक व्यवस्था मिलाउने निर्णयसमेत भएको उहाँले जानकारी दिनुभयो।

नेपाल प्रहरीले विपद्का समयमा राष्ट्र र नागरिकको सुरक्षाका लागि अग्रपङ्क्तिमा खटिने प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवारको कल्याणलाई प्राथमिकतामा राख्दै शिक्षा, रोजगारी, सीप विकास र पुनःस्थापनाका कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजाने जनाएको छ। राष्ट्रसेवामा ज्यान गुमाएका तथा विपद्बाट प्रभावित प्रहरी कर्मचारीका परिवारलाई संगठनको तर्फबाट आवश्यक सहयोग र संरक्षण निरन्तर उपलब्ध गराइनेसमेत नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?