
- नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आफ्नो कार्यकाल सकेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिदाइ भेट गरेका छन्।
- भेटका क्रममा प्रधानमन्त्री ओलीले राजदूत श्रीवास्तवलाई बुद्धको प्रतिमा उपहार प्रदान गरेका छन्।
- सन् २०२२ मा नियुक्त भएका श्रीवास्तव आफ्नो जिम्मेवारी पूरा गरी स्वदेश फर्कन लागेका हुन्।
काठमाडौ – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग बिदाइ भेट गरेका छन्।

मंगलबार बिहान शाह र श्रीवास्तवबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

नेपालका लागि आफ्नो राजदूत कार्यकाल सकेर फर्किन लाग्नुभएका श्रीवास्तवले आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर सम्माननीय प्रधानमन्त्रीज्यूसँग भेट गर्नुभएको हो’, प्रधानमन्त्रीको सचिवालयले भनेको छ।

कार्यकाल पूरा गरेर स्वदेश फर्कन लागेको श्रीवास्तवलाई प्रधानमन्त्री शाहले बुद्धको प्रतीमा उपहार प्रदान गरेका थिए।
श्रीवास्तव २०७९ सालमा मा नेपालका लागि भारतका राजदूत नियुक्त भएका थिए।
श्रीवास्तव र शाहबीचको छुट्टाछुट्टै भएको यो दोस्रो भेटवार्ता हो।
