कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसमा शनिबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ३६ जना यात्रु घाइते भएका छन्।

धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ५७०३ नम्बरको बस बिहान करिब ५:३० बजे दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार दुर्घटनामा परेकामध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अन्य घाइतेहरूको अवस्था सामान्य छ। सामान्य घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरूलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ।
दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन। घटनास्थलमा प्रहरी टोली पुगेर उद्धारकार्य सम्पन्न गरेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
