कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, ३६ घाइते — २ जनाको अवस्था गम्भीर

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसमा शनिबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ३६ जना यात्रु घाइते भएका छन्।

Workplace

धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ५७०३ नम्बरको बस बिहान करिब ५:३० बजे दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।

- Advertisement -Workplace

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार दुर्घटनामा परेकामध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अन्य घाइतेहरूको अवस्था सामान्य छ। सामान्य घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरूलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ।

दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन। घटनास्थलमा प्रहरी टोली पुगेर उद्धारकार्य सम्पन्न गरेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?