सर्वोच्च अदालतद्वारा रिट खारेज: कर्णालीका प्रदेशसभा सदस्य राजकुमार शर्मा पदमुक्त

समाचार सारांश
Auto Generated by AI
  • कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्मा पदमुक्त भएका छन्।
  • सर्वोच्च अदालतले उनलाई पदमुक्त गर्ने दलको निर्णयलाई सदर गरेको छ।
  • अन्य दलमा आबद्ध भएको भन्दै नेकपाको सिफारिसमा उनको पद गुमेको हो।

काठमाडौ – कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्मा पदमुक्त भएका छन्। शर्मालाई पदमुक्त गर्ने राजनीतिक दलको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेसँगै उनको प्रदेशसभा सदस्य पद गुमेको हो।

Workplace

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले शर्मालाई सांसद पदबाट पदमुक्त गर्न कर्णाली प्रदेशसभा सचिवालयलाई पत्र पठाएको थियो।

- Advertisement -Workplace

दलको उक्त निर्णयविरुद्ध शर्माले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिट खारेज गर्ने फैसला सुनाएको हो।

तत्कालीन माओवादी केन्द्रसहितका विभिन्न राजनीतिक दलहरूबीच एकता भई नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भएका थिए।

अन्य दलमा लागेको भन्दै नेकपाले उनलाई प्रदेशसभा सदस्य पदबाट हटाउन प्रदेशसभा सचिवालयमा औपचारिक पत्राचार गरेको थियो। अदालतको फैसलापछि उनी आधिकारिक रूपमा पदमुक्त भएका छन्।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?