ताप्लेजुङको हिमाली बस्ती फले स्याउ

समाचार सारांश
Auto Generated by AI
  • ताप्लेजुङको फले र घुन्सामा गरिएको स्याउको गुणस्तर परीक्षण सफल भएको छ।
  • उच्च गुणस्तरको स्याउ उत्पादन हुने देखिएपछि व्यावसायिक खेतीको बलियो सम्भावना बढेको छ।
  • कञ्चनजंघा पदमार्गमा पर्ने यी बस्तीमा स्याउ खेतीले स्थानीय अर्थतन्त्रमा टेवा पुग्ने देखिन्छ।

काठमाडौं।गुणस्तर परीक्षण समेत सफल भएको स्याउको उत्पादनले बर्षेनि सम्भावनाको आसा देखाउन थालेपछि ताप्लेजुङको हिमाली बस्ती फले र घुन्सामा स्याउको व्यावसायिक खेती गर्न सकिने देखिएको छ।

Workplace

स्याउमा हुनुपर्ने स्वाद, दाना र चिनीको मात्रामा गुणस्तरीयता परीक्षण समेत सफल हुनु र परीक्षण उत्पादनले सम्भावना देखाउनुले स्याउको व्यावसायिक खेती गर्न सकिने बलियो आधार प्राप्त भएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए। स्थानीय किसान र विभिन्न संस्थाहरूले परीक्षणका लागि रोपेका स्याउका बोटले गुणस्तरीय फल दिँदा स्थानीयमा उत्साह बढेको पालिका अध्यक्ष लिम्बूको भनाई छ।

स्थानीय नामग्याल शेर्पाले फलेमा फुजी,गाला र गोल्डेन डेलिसियस प्रजातिका स्याउको उत्पादन परीक्षणले व्यावसायिक खेतीको बलियो सम्भावना देखाएको जानकारी दिए। फले समुद्र सतहबाट करिब ३ हजार २ सय ३२ मिटरको उचाइमा रहेको बस्ती हो। घुन्सा भने समुद्र सतहबाट ३ हजार ४ सय ७५ मिटर उचाइमा रहेको छ। फले र घुन्सा कञ्चनजंघा पदमार्गमा पर्ने बस्ती हुन्। यो मार्ग हुँदै बर्षेनि ठुलो संख्यामा विदेशी पर्यटक विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजंघा हिमालको आरोहण तथा भ्रमणका लागि जाने गरेका छन्।

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?