उर्लिएको कालीगण्डकीमा ज्यान जोखिममा राखेर दाउरा सङ्कलन

समाचार सारांश
Auto Generated by AI
  • लगातारको वर्षाले कालीगण्डकीमा बहाव बढेको छ।
  • स्थानीय बासिन्दा जोखिम मोलेर नदी किनारमा दाउरा सङ्कलन गरिरहेका छन्।
  • प्रहरीको पटकपटकको आग्रहलाई बेवास्ता गर्दै स्थानीयले जोखिमपूर्ण काम जारी राखेका छन्।

काठमाडौ – तीन दिनदेखि भइरहेको भारी वर्षाका कारण कालीगण्डकी नदी उर्लिएको छ।नदीले ढुङ्गा, मुढा र दाउरा बगाएर ल्याएपछि पर्वतको मालढुङ्गास्थित माझी बस्तीका स्थानीय दाउरा संकलन गर्न कालीगण्डकी किनारमा पुगेका छन् ।

Workplace

 

नदीको बहाव तीव्र रहे पनि स्थानीयले जोखिमको पर्वाह नगरी शनिबार बिहानैदेखि नदी किनारबाट दाउरा तथा मुढा निकालिरहेका छन् ।

उनीहरू दाउरा सङ्कलन गर्न तँछाडमछाडसमेत गरिरहेका छन् ।

स्थानीयले लौरोमा अङ्कुशे बनाएर त्यसको सहायताले नदीबाट मुढा निकालिरहेका छन् ।

उनीहरूले सङ्कलन गरेका दाउरा र मुढा बागलुङ–पर्वत जोड्ने कालीगण्डकी पुल छेउ तथा माझी बस्तीको आडमा थुपारेका छन् ।

बाढीको जोखिमलाई ध्यानमा राख्दै प्रहरीले पटक–पटक सिट्ठी बजाएर स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिरहेको छ ।

तर स्थानीयले प्रहरीको आग्रह बेवास्ता गर्दै दाउरा सङ्कलन गरिरहेका छन् ।

कालीगण्डकीको बहाव बढेर बस्ती नजिकै पुगिसक्दा पनि स्थानीयमा भने खासै चिन्ता देखिँदैन । उनीहरू नदीमा वर्षौंदेखि बस्दै आएको र अहिलेसम्म बस्तीमा नदी नपसेको बताउँछन् ।

दाउरा सङ्कलनका क्रममा स्थानीयबीच मुढा र दाउरालाई लिएर विवादसमेत हुने गरेको छ ।

पछिल्लो समय कालीगण्डकीको बहाव बढेसँगै नदी आसपासका बस्तीमा जोखिम बढेको छ
।

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?