अविरल वर्षाका कारण देशको जनजिवन प्रभावित

समाचार सारांश
Auto Generated by AI
  • अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानको समस्या बढेको छ।
  • यातायात र हवाई सेवा प्रभावित हुँदा जनजीवन कष्टकर बनेको छ र कोसी ब्यारेजका ढोका खोलिएका छन्।
  • पश्चिम नेपालका तीन प्रदेशमा भारी वर्षाका कारण ठुलो प्राकृतिक विपद्को उच्च जोखिम देखिएको छ।

काठमाडौं।केही दिनदेखि परेको अविरल वर्षाका कारण खोला तथा नदीमा बाढी आउनुका साथै बस्ती डुबान र सडक आवागमनमा रोकिएको छ। सुदूरपश्चिम तथा कर्णाली तथा लुम्बिनीबाट चल्ने लामो दूरीका सवारीसाधन रोकिएका छन्। भिजिबिलिटी नपुग्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्न सकेको छैन भने आन्तरिक तथा बाह्य उडानसमेत रद्द गरिएको छ।

Workplace

पानीको बहाव निरन्तर बढ्दा कोसी ब्यारेजका ३५ ढोका खुला गरिएको छ। पर्यटकीय क्षेत्र, व्यापार व्यवसाय प्रभावित भएको छ। अविरल वर्षाले हिमपात हुँदा पाँच सय भेडा हराएका छन् भने भेडा गोठाला भने सम्पर्कमा आएका छन्।

बाँकेबाट नागरिककर्मी गणेश विशुका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा वर्षा थपिएसँगै सडक अवरूद्ध हुने, बस्ती डुबानमा पर्ने र नदी तथा खोलाको बहाव क्रम बढ्दो छ। तीन प्रदेशमा गरी ९५ लाखभन्दा बढी जनसंख्या रहेकाले सम्भावित विपद्को असर ठुलो क्षेत्रमा पर्न  सक्ने जोखिम छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार पश्चिम नेपालका विभिन्न क्षेत्रमा भारी वर्षा भएको छ। पाल्पाको अर्चलेमा पछिल्लो २४ घन्टामा २४५.८ मिलिमिटर वर्षा रेकर्ड भएको छ। पाल्पाकै गैंडाकोटमा १८६.६ मिलिमिटर तथा अर्घाखाँचीमा १६१.४ मिलिमिटर वर्षा भएको छ।

अर्चलेमा पछिल्लो ६ घन्टामै ११२.२ मिलिमिटर पानी परेको छ। भारी वर्षासँगै पहाडी जिल्लामा पहिरो र गेग्रान बग्ने जोखिम बढेको छ भने तराईका नदी तथा खोलानालाआसपास डुबानको खतरा बढेको छ। पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भूगोलअनुसार विपद्को स्वरूप फरक भए पनि जोखिमको घेरा भने ठुलो छ।

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?