समाचार सारांश
Auto Generated by AI
- सोरु गाउँपालिकाका चौकीदारले पारिश्रमिक नपाएपछि सोरुकोटमा खानेपानी आपूर्ति बन्द भएको छ।
- पानीको अभावमा स्थानीय बासिन्दा र सेवाग्राही एक किलोमिटर टाढाका मुहानमा धाउन बाध्य छन्।
- स्थानीय सरकारले समस्या समाधानमा चासो नदिएको भन्दै नागरिकहरू आक्रोशित बनेका छन्।
रतन रावल मुगु ।
मुगुको सोरु गाउँपालिकाको केन्द्र सोरुकोट र आसपासका क्षेत्रमा खानेपानीको चरम हाहाकार भएको छ। हाल सञ्चालनमा रहेको ‘नौमूली सोरुकोट खानेपानी आयोजना’का चौकीदारले लामो समयदेखि आफ्नो श्रमको पारिश्रमिक नपाएपछि पानी आपूर्ति ठप्प परेको सुरु गाउँपालिकाका स्थानीय बासी कर्ण जंग शाहीले जानकारी दिनुभएको छ।

गाउँपालिकाको केन्द्र विन्दु र सोरु गाउँपालिका वडा नं. ११ को मुख्य बजार क्षेत्र रहेको यस स्थानमा पानी बन्द भएपछि स्थानीय बासिन्दा र सेवाग्राहीहरू ठूलो मर्कामा परेका छन्। गाउँपालिकाको केन्द्र भएकाले दैनिक रूपमा सरकारी कामकाजका लागि आउने सेवाग्राही र स्थानीयको यहाँ बाक्लो चाप हुने गर्दछ। तर, पालिकाकै नाकमुनि रहेको केन्द्रमा पानीको थोपो नहुँदा सिङ्गो सोरुकोट प्यासी बनेको छ। स्थानीय बासिन्दा अहिले ठूलो पीडा र दुःख झेल्न बाध्य छन्।
रित्तो ग्यालन बोकेर लाइनमा स्थानीय, १ किलोमिटर टाढाका साना मुहानको भर
खानेपानी आपूर्ति बन्द भएपछि सोरुकोटका बासिन्दाहरू हातमा रित्तो ग्यालन र गाग्री समातेर पानीको खोजीमा भौंतारिनु परेको छ। मुख्य लाइनबाट पानी आउन छाडेपछि स्थानीयहरू करिब १ किलोमिटर टाढा रहेका धल्लेडी, नाउला र माथिल्लो तिर्सियाका साना–साना परम्परागत मुहानहरूमा धाउन बाध्य छन्। ती साना मुहानहरूमा पनि पानी थाप्नका लागि स्थानीयको तँछाडमछाड र लामो लाइन लाग्ने गरेको छ।

बृहत् आयोजना अलपत्र, गाउँपालिका मौन
सोरुकोटमा खानेपानीको दिगो समाधानका लागि बृहत् खानेपानीको संरचना निर्माण भइसकेको भए पनि त्यसबाट अझैसम्म व्यवस्थित रूपमा पानी आपूर्ति हुन सकेको छैन। अर्कोतर्फ, भइरहेको चालू आयोजनाका कर्मचारी (चौकीदार) लाई गाउँपालिकाले समयमै पारिश्रमिक भुक्तानी नगर्दा यो गम्भीर संकट निम्तिएको हो।
आफ्नो श्रमको मूल्य नपाएर चौकीदारले बाध्य भई काम रोक्दा समेत स्थानीय सरकार (गाउँपालिका) र सम्बन्धित निकायले कुनै चासो नदेखाएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्। “जनता पानी नपाएर काकुल भइरहेका छन्, पालिका सरकार भने कानमा तेल हालेर बसेको छ,” एक स्थानीयले आक्रोश पोखे।
खानेपानी जस्तो अत्यावश्यक र संवेदनशील विषयमा स्थानीय सरकार यसरी गैरजिम्मेवार बन्नु दुःखद पक्ष हो। चौकीदारको पारिश्रमिक तत्काल भुक्तानी गरी खानेपानी आपूर्ति सुचारु गर्न र बृहत् खानेपानी आयोजनालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन स्थानीयले सम्बन्धित सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।