
- काँग्रेस बागलुङ जैमिनी नगर सभापतिमा काशीराम आचार्य सर्वसम्मत चयन भएका छन् ।
- कुश्मीसेरामा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
- नगर उपसभापतिमा गोविन्द शाही र जमुना कँडेल सापकोटासहितका पदाधिकारी चुनिएका छन् ।
सुजन आचार्य।नेपाली काँग्रेस बागलुङ जैमिनी नगर सभापतिमा काशीराम आचार्य सर्वसम्मत चयन भएका छन् ।

नेपाली काँग्रेसको पन्ध्रौँ महाधिवेशन अन्तरगत बुधबार कुश्मीसेरामा सम्पन्न दोस्रो नगर अधिवेशनबाट आचार्य सभापति पदमा सर्वसम्मत चयन भएको नेपाली काँग्रेस बागलुङका जिल्ला सचिव हरिहर शर्माले बताए ।
उपसभापतिमा गोविन्द शाही, जमुना कँडेल सापकोटा, सचिवमा ओमकार पौडेल, सहसचिवमा रन बहादुर क्षेत्री चुनिएका छन् ।
