रास्वपा नेताको घरबाट ५० लाख बराबरको अवैध सामग्री बरामद

समाचार सारांश
Auto Generated by AI
  • रौतहटको गौरमा सशस्त्र प्रहरीले ५० लाखभन्दा बढी मूल्यको अवैध मोबाइलका सामग्री बरामद गरेको छ।
  • रास्वपा नेता भोला साहको घरमा छापा मारी प्रहरीले सामानसहित ३ थान मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।
  • बरामद गरिएका सम्पूर्ण सामान र मोटरसाइकल आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ।

रौतहट – रौतहटको गौर नगरपालिका वडा नम्बर ४ टिकुलियामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध रुपमा राखिएकाे मोबाइलको स्पेयर सामाग्री  बरामद गरेको छ।

Workplace

सशस्त्र प्रहरीले गोप्य सूचनाका आधारमा स्थानीय रास्वपा नेता भोला साहको घरबाट करिब ५० लाख १४ हजार ५०० रुपैयाँ बराबरको मोबाइलका  सामग्री बरामद गरेको जनाइएको छ ।

बुधबार सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयले दिएको बिशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशीको कमाण्डमा खटिएको टोलीले घरमा खानतलासी गरेर लाखौ मुल्यको मोबाइल सामग्री बरामद गरेको छ।

गणका एसपी चेतराजको कमान्डमा खटिएको ४५ जना सशस्त्र प्रहरी तथा गौर भन्सार कार्यालय रौतहटका प्रतिनिधिसहितको टोलीले गौर–४ टिकुलियास्थित रास्वपा नेता साहको घरमा छापा मारेको थियो ।

खानतलासीका क्रममा लुकाइछिपाइ राखिएको अवस्थामा मोबाइलसँग सम्बन्धित विभिन्न सरसामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद सामग्रीको अनुमानित मूल्य रु ५० लाख १४ हजार ५०० रहेको बताइएको छ। सोही क्रममा ३ थान मोटरसाइकल समेत नियन्त्रणमा लिइएको बताइएको छ ।

बरामद सामान र मोटरसाइकल आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि गौर भन्सार कार्यालय, रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?