तेस्रो दिन पनि निरन्तरता : MRR Butwal र रुद्रगणद्वारा लुम्बिनी प्रादेशिक अस्पताल परिसर बाहिर सरसफाइ

समाचार सारांश
Auto Generated by AI
  • बुटवलमा राष्ट्रिय सरसफाइ सप्ताहअन्तर्गत लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा सरसफाइ गरिएको छ।
  • एमआरआर बुटवल र रुद्रगण संस्थाको संयुक्त पहलमा सडक तथा सार्वजनिक स्थानको फोहोर व्यवस्थापन गरियो।
  • सहभागीहरूले सरसफाइलाई सामाजिक दायित्वका रूपमा लिँदै जेठ १ गतेसम्म निरन्तर अभियान चलाउने जनाएका छन्।

बुटवल । नेपाल सरकारले सञ्चालन गरिरहेको ‘राष्ट्रिय सरसफाइ सप्ताह’ अभियानअन्तर्गत बुटवलमा तेस्रो दिन पनि सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।

Workplace

 

एमआरआर बुटवल र रुद्रगण धार्मिक संस्था को संयुक्त आयोजनामा आज लुम्बिनी प्रादेशिक अस्पताल परिसर बाहिर सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा संस्थाका युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो।

 

सरसफाइ कार्यक्रमअन्तर्गत अस्पताल परिसर बाहिरका सडक किनारा, नाला तथा सार्वजनिक क्षेत्रमा थुप्रिएको फोहोर संकलन गरी व्यवस्थापन गरिएको थियो। अस्पतालजस्तो संवेदनशील क्षेत्र वरपर स्वच्छ वातावरण कायम राख्न सामूहिक प्रयास आवश्यक रहेको सहभागीहरूले बताएका छन्।

 

कार्यक्रममा सहभागीहरूले सरसफाइलाई केवल सरकारी अभियानका रूपमा नभई सामाजिक दायित्व र नागरिक संस्कारका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका थिए। बुटवलका सार्वजनिक स्थल तथा सडक क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापनका लागि यस्ता अभियान प्रभावकारी बन्ने विश्वास व्यक्त गरिएको थियो।

 

नेपाल सरकारले वैशाख २८ गतेदेखि जेठ १ गतेसम्म देशभर ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन गरिरहेको छ। सोही अभियानअन्तर्गत एमआरआर बुटवल र रुद्रगढ धार्मिक संस्थाले पनि जेठ १ गतेसम्म निरन्तर सरसफाइ कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अविजित पन्थी
लेखकको बारेमा

अविजित पन्थी

पन्थी नेपाल खोज खबरका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?