आकर्षक तलबको प्रलोभन देखाएर लाखौं रकम ठगी गर्ने ५ जान पक्राउ

काठमाडौं।बेलायत, न्युजिल्यान्ड, पोर्चुगल र रोमानिया लगायतका देशहरूमा आकर्षक तलबको प्रलोभन देखाएर लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

Workplace

पीडितहरूबाट २० लाख ५० हजार रुपैयाँ असुलेर सम्पर्कविहीन बनेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा अर्घाखाँची घर भई काठमाडौं महानगरपालिका-१० बस्ने ३१ वर्षीया मनिषा सुनार र ३४ वर्षीय ठाकुर बहादुर सुनार, पाल्पा घर भई तारकेश्वर नगरपालिका-१६ बस्ने ४९ वर्षीय खोप बहादुर शाही, भक्तपुर सूर्यविनायक नगरपालिका-७ बस्ने ४९ वर्षीय दिपेन्द्र खत्री र स्याङ्जा घर भएकी ४८ वर्षीया सिता लुईटेल रहेका छन्।

प्रहरीका अनुसार अभियुक्तहरूले विभिन्न देश पठाइदिने भन्दै प्रतिव्यक्ति लाखौँ रकम असुलेका थिए। जसमध्ये मनिषा र ठाकुर बहादुरले बेलायत पठाइदिने भन्दै एक पीडितबाट १२ लाख रुपैयाँ ठगी गरेका थिए।

त्यसैगरी, खोप बहादुरले रोमानियाका लागि २ लाख, दिपेन्द्रले न्यूजिल्याण्ड पठाइदिने भन्दै ३ लाख ५० हजार र सिताले पोर्चुगल पठाइदिने प्रलोभनमा पारी ३ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी प्रहरीमा परेको थियो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?