आज को मौसम कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

समाचार सारांश
Auto Generated by AI
  • आज देशका अधिकांश भू-भागमा बदली रही विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ।
  • हिमाली र पहाडी भेगका केही स्थानमा हिमपात तथा केही प्रदेशमा भारी वर्षाको समेत सम्भावना छ।
  • मौसम विभागले चट्याङ र वर्षाबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

काठमाडौ – देशका हिमाली र पहाडी भू–भागमा आज दिउँसो सामान्यतया बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ ।

Workplace

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

तराईतर्फ कोशी र बागमती प्रदेशका थोरै स्थान तथा मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

राति पनि कोशी र मधेश प्रदेशसहित देशका हिमाली भू–भाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भाग तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाको अनुमान छ ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना
छ।

यस्तै, मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा समेत मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

राति कोशी र बागमती प्रदेशका पहाडी भू–भाग तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले वर्षा, मेघगर्जन र चट्याङको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन क्षेत्री
लेखकको बारेमा

अर्जुन क्षेत्री

क्षेत्री नेपाल खोज खबरका सम्बाददाता हुन्  ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?