काठमाडौ – पत्रकार सुरेश रजकको हत्या प्रकरणः महासंघको विरोध सभा, सम्पूर्ण कार्यक्रम स्थगित भएका छ्न नेपाल पत्रकार महासंघले पत्रकार सुरेश रजकको हत्याको विरोधमा शनिबार माइतीघर मण्डलामा विरोध सभा गरेको छ।

महासंघको ६९औं स्थापना दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रमलाई शोकसभामा परिणत गरिएको थियो। बिहान ८ बजे सुरु भएको विरोध सभामा पत्रकार र मानवअधिकारकर्मीहरूले निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गरे।
यस घटनाप्रति ऐक्यबद्धता जनाउँदै महासंघले आजका लागि पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ। साथै, उपत्यका बाहिरका प्रदेश तथा शाखा समितिहरूलाई पनि केन्द्रीय समितिले तय गरेको निर्देशनअनुसार कार्यक्रम सञ्चालन गर्न अनुरोध गरिएको छ।
