पोखरा लागू औषधसहित छ जनालाई पक्राउ

समाचार सारांश
Auto Generated by AI
  • पोखराबाट ठूलो परिमाणको लागू औषधसहित छ जना पक्राउ परेका छन्।
  • विशेष सूचनाका आधारमा प्रहरीले गाडी चेकजाँच गर्दा सो लागू औषध बरामद गरेको हो।
  • पक्राउ परेका व्यक्तिहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

पोखरा।पोखरा महानगरपालिका-५ बाट प्रहरीले ठूलो परिमाणको लागू औषधसहित छ जनालाई पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले शनिबार राति करिब ८:३० बजे बा.प्र.०१–०३५च१४३६ नम्बरको ईभी गाडी नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त लागू औषध बरामद गरेको हो।

Workplace

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गाडीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा डाइजापाम ४०० एम्पुल, फेनेरागन ६१३ एम्पुल, र नुरफिन ६०० एम्पुल गरी कुल १,६१३ एम्पुल तथा ९९८ चक्की टपेन्डाडोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

घटनामा संलग्न रहेको अभियोगमा पर्वत मोदी गाउँपालिका-६ का ३३ वर्षीय सुरज नेपाली, २८ वर्षीय प्रेम सुवेदी र ३५ वर्षीय होमबहादुर थापा, रुपन्देही मायादेवी गाउँपालिका-१ का २८ वर्षीय महेन्द्र आराख र ४१ वर्षीय जन्मेजेय केवट तथा पोखरा-१७ बिरौटा बस्ने ३३ वर्षीय राजेन्द्रकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ।

नियन्त्रणमा लिइएका सबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?