मुगु सहित ३३ जिल्लामा आज कांग्रेसको वडा अधिवेशन सुरु।

समाचार सारांश
Auto Generated by AI
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजबाट ३३ जिल्लामा वडा अधिवेशन सुरु भएको छ।
  • केन्द्रीय निर्वाचन समितिले बाँकी जिल्लाहरूमा पनि परिस्थिति अनुसार छिट्टै अधिवेशन गर्ने जनाएको छ।
  • अन्य जिल्लाहरूमा असोज ७ गतेभित्र वडा तहको सम्पूर्ण निर्वाचन प्रक्रिया सम्पन्न गरिनेछ।

रतन बहादुर रावल मुगु ३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज असोज ३ गते ३३ जिल्लामा वडा म अधिवेशन प्रक्रिया सुरु भएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार बाँकी जिल्लामा स्थानीय परिस्थिति र अनुकूल हेरेर अधिवेशन गर्ने तयारी गरिएको छ।आज कोशी प्रदेशका पाँचथर, झापा, संखुवासभा, धनकुटा, भोजपुर, खोटाङ, उदयपुर र मोरङमा वडा अधिवेशन हुँदैछ। काठमाडौं उपत्यकासहित दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा पनि अधिवेशन सुरु भएको छ।गण्डकी प्रदेशका सबै जिल्लामा आजै वडा अधिवेशन हुने जनाइएको छ। लुम्बिनीका गुल्मी, नवलपरासी र बाँकेमा आज र भोलि अधिवेशनको प्रक्रिया अघि बढाइनेछ।

यस्तै, कर्णालीका रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख र सुर्खेत तथा सुदूरपश्चिमका अछाम, दार्चुला, बैतडी र कैलालीमा पनि आज वडा अधिवेशन हुँदैछ।

Workplace

नुवाकोट, रसुवा र धादिङमा असोज ७ गतेभित्र तथा मधेसका जिल्लामा असोज ४ गते वडा अधिवेशन गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएको छ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले भने असोज ३ र ४ गतेदेखि ७७ वटै जिल्लामा वडा तहको निर्वाचन प्रक्रिया सुरु हुने जनाएको छ।

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?