अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसविरुद्ध प्रतिबन्धसम्बन्धी विधेयकमा हस्ताक्षर

समाचार सारांश
Auto Generated by AI
  • राष्ट्रपति ट्रम्पले रुसविरुद्धको प्रतिबन्धसम्बन्धी नयाँ विधेयकमा हस्ताक्षर गर्नुभएको छ।
  • यो कानुनले भारत र चीनसहित रुसी ऊर्जा खरिद गर्ने देशलाई थप शुल्क लगाउने अधिकार राष्ट्रपतिलाई दिएको छ।
  • विधेयकमा पुटिनसहित रुसी अधिकारी र वित्तीय संस्थाहरूमाथि कडा प्रतिबन्धको व्यवस्था छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसविरुद्ध प्रतिबन्धसम्बन्धी विधेयकमा शुक्रबार हस्ताक्षर गरेका छन्।

Workplace

यो नयाँ कानुनले अमेरिकाका राष्ट्रपतिलाई रुसका तेल र प्राकृतिक ग्यासका प्रमुख ऊर्जा खरिददार पाँच मुलुकलाई १०० प्रतिशतसम्म भन्सार महसुल लगाउने अधिकार दिन्छ। जसमा भारत र चीन पनि पर्छन्।

यद्यपि विधेयकले स्वचालित रूपमा भारत वा चीनलाई १०० प्रतिशत शुल्क लगाउने छैन, यसले राष्ट्रपति ट्रम्पलाई त्यसो गर्न अधिकार दिन्छ।

विधेयक अमेरिकाको संसदले यसअघि नै पारित गरिसकेको छ।

४८ पृष्ठको विधेयकमा रुसबाट आफ्नो प्राकृतिक ग्यास आवश्यकताको १५ प्रतिशतभन्दा कम आयात गर्ने र रुसमा आफ्नो निर्भरता कम गर्न काम गरिरहेका देशहरूका लागि छुट समावेश छन्।

यसका साथै विधेयकमा राष्ट्रपति भ्लादिमिर पुटिनका साथ रुसका वरिष्ठ सरकारी अधिकारी, बैंक तथा अन्य वित्तीय संस्थाविरुद्ध प्रतिबन्ध समावेश छन्।

विद्यमान प्रतिबन्धबाट बच्न प्रयोग गरिने रुसका जहाजमा पनि प्रतिबन्ध लगाइएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?