नयाँ दिल्ली – दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको चैम्पियन्स ट्रफी २०२५ को सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २६४ रन बनायो। कप्तान स्टिभ स्मिथले ७३ रन बनाए भने एलेक्स केरीले ६१ रनको योगदान दिएका थिए । भारतका लागि मोहम्मद शमीले ३ विकेट लिए भने रवीन्द्र जडेजा र वरुण चक्रवर्तीले २-२ विकेट लिएका थिए ।

२६५ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ४७.२ ओभरमा ६ विकेट गुमाउँदै जित हात पार्यो। विराट कोहलीले ८४ रनको महत्वपूर्ण इनिङ्स खेले भने श्रेयस अय्यरले ४५ रन बनाए। अन्त्यतिर केएल राहुल र हार्दिक पाण्ड्याले संयमित ब्याटिङ गर्दै भारतलाई विजयी बनाएका हुन ।
यस जितसँगै भारतले फाइनलमा स्थान पक्का गरेको छ। अब उपाधिका लागि न्युजिल्यान्ड र साउथ अफ्रिकाको अर्को सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
