पाँच वर्षीया नाबालिकालाई करणी गरेको आरोपमा जीतपुरसिमरा बाट एक जना पक्राउ

समाचार सारांश
Auto Generated by AI
  • जीतपुरसिमरामा ५ वर्षीया बालिकालाई करणी गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ परेका छन्।
  • पक्राउ परेका किशोरले आफ्नो अपराध स्वीकार गरेकाले प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
  • सोही उपमहानगरपालिकामा अर्की ६ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा ७५ वर्षीय वृद्ध पनि पक्राउ परेका छन्।

काठमाडौं।जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैयाकी पाँच वर्षीया नाबालिकालाई करणी गरेको आरोपमा प्रहरीले शुक्रबार एक किशोरलाई पक्राउ गरेको छ।

Workplace

पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैयाका १४ वर्षीय किशोर रहेका इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए।

घटना ५/६ दिन पहिलाको भएपनि पीडित बालिकाकी अभिभावकले शुक्रबार बिहान  जानकारी गराएपछि आरोपित नाबालकलाई पक्राउ गरिएको उनले बताए।

पक्राउ परेका नाबालकलाई इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको र अनुसन्धानको क्रममा ती नाबालकले आरोप स्वीकार गरेका प्रहरीले जनाएको छ।

पीडित नाबालिका र आरोपित किशोरलाई स्वास्थ्य परीक्षण कलैयामा रहेको कलैया प्रादेशिक अस्पताल गराइएको र स्वास्थ्य परीक्षण रिपोर्टपछि थप कारबाही प्रक्रिया अघि बढ्ने बारा प्रहरीले जनाएको छ।

बिहिबार राती पनि ६ वर्षीया नाबालिकामाथि जबरजस्ती करणीको आरोपमा प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वासिराबाट बिहीबार राति ७५ वर्षीया हसन जान मियाँलाई पक्राउ गरेको थियो।

पक्राउ परेका मियाँलाई पनि इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखेर कारबाही प्रक्रिया अघि बढाइएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?