स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले पदबाट राजीनामा दिने

समाचार सारांश
Auto Generated by AI
  • स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले निर्वाचनमा पराजय बेहोरेपछि राजीनामा दिने घोषणा गर्नुभएको छ।
  • विपक्षी गठबन्धनले झिनो बहुमत हासिल गरेसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ।
  • पूर्वप्रधानमन्त्री म्याग्डालेना एन्डरसन पुनः सत्तामा फर्कने सम्भावना भए पनि गठबन्धनभित्रै चुनौतीहरू कायम छन्।

स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ।उहाँले संसदीय निर्वाचनमा वामपन्थी तथा मध्य–वामपन्थी विपक्षी गठबन्धनले झिनो बहुमत हासिल गरेपछि राजीनामा दिन लाग्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका हुन् । स्विडेनको निर्वाचन प्राधिकरणका अनुसार ३ सय ४९ सदस्यीय संसद्मा चार विपक्षी दलले १ सय ७६ सिट जितेका छन् । सत्तारूढ गठबन्धनमा रहेका चार दलले भने १ सय ७३ सिट पाएका हुन् ।दुई पक्षबीच झण्डै ५० हजार मतको मात्र अन्तर रहेको छ । निर्वाचन परिणाम सार्वजनिक भएपछि क्रिस्टर्सनले नयाँ सरकार गठनका लागि बाटो खोल्न आफू प्रधानमन्त्री पदबाट मुक्त हुन चाहेको बताउनुभयाे । अब नयाँ सरकार गठनको प्रक्रिया संसद्का सभामुखको नेतृत्वमा अघि बढ्नेछ । पूर्वप्रधानमन्त्री म्याग्डालेना एन्डरसन नेतृत्वको सामाजिक लोकतान्त्रिक पार्टी सबैभन्दा ठूलो एकल दल बनेको हाे।

Workplace

एन्डरसनले सन् २०२२ मा गुमाएको प्रधानमन्त्री पदमा पुनः फर्कने सम्भावना बढेको छ । तर, सरकार गठनका लागि उहाँलाई गठबन्धनभित्रका दलबीचको वैचारिक मतभेद मिलाउनुपर्ने चुनौती छ । विपक्षी गठबन्धनमा सामाजिक लोकतान्त्रिक पार्टीसँगै वामपन्थी पार्टी, ग्रिन पार्टी र सेन्टर पार्टी रहेका हुन् । सेन्टर पार्टीले वामपन्थी पार्टीलाई सरकारमा मन्त्री पद दिएर सरकार गठन गरेमा समर्थन नगर्ने जनाएकाे छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?