icon
निर्वाचन
९ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

अर्घाखाँचीमा सुक्खा पहिरोले पुरिँदा दुई जनाको मृत्यु

अर्घाखाँची, असार ३१ — अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका–१० तल्लोपाकुमा सुक्खा पहिरोले पुरिँदा एक दम्पतीको ज्यान गएको छ।

Workplace

नेपाल खोज खवर लाई प्राप्त जानकारी आए अनुसार मृत्यु हुनेमा स्थानीय ६६ वर्षीय गोबिन्द बुढामगर र उनकी श्रीमती ६७ वर्षीया श्यामकला बुढामगर रहेका छन्। उनीहरू रोजा तुसारेपानीस्थित आफ्नै खर्यानमा घाँस काट्न तथा चिउरी टिप्न गएका थिए। बिहान करिब ९ बजे घरबाट निस्किएका दम्पती दिउँसोसम्म पनि नफर्किएपछि परिवारजनले खोजी गरेका थिए।

बिहान गएको तर दिउँसो १२:५५ बजे सम्म घर नआएको सूचना पाएपछि घटनाबारे धनचौर प्रहरी चौकीमा जानकारी दिइएको थियो। सूचना पाएलगत्तै प्रहरी हवल्दार नरबहादुर कार्कीको कमाण्डमा चार जना प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। स्थानीयको सहयोगमा खोजतलास गर्दा उनीहरू पहिरोमा पुरिएको अवस्थामा मृत फेला परेका थिए ।

प्रहरीका अनुसार सुक्खा पहिरो झरेर ढुंगाले लाग्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट प्रहरी निरीक्षक झलकप्रसाद शर्माको कमाण्डमा नौ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

घटनास्थलमा कानुनी प्रक्रिया सम्पन्न गरी शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँची पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?