
समाचार सारांश
Auto Generated by AI
- अक्कल कोपिला फाउन्डेसनले मुगुको महादेव आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।
- फाउन्डेसनका अध्यक्ष अक्कल बहादुर बोहराले दुर्गमका विद्यार्थीलाई सहयोग पुर्याउने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो।
- समाजसेवी बोहराले शिक्षा र मानवीय सेवामा पुर्याएको योगदानको स्थानीयस्तरमा व्यापक प्रशंसा भइरहेको छ।
रतन बहादुर रावल मुगु, १ असोज ।
अक्कल कोपिला फाउन्डेसनले मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ५, सुपाकोटमा रहेको श्री महादेव आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई स्टेसनरी सामग्री वितरण गरेको छ ।
अक्कल कोपिला फाउन्डेसनले मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ५, सुपाकोटमा रहेको श्री महादेव आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई स्टेसनरी सामग्री वितरण गरेको छ ।
शैक्षिक सामग्री प्राप्त गरेपछि विद्यालयका बालबालिकाहरू निकै उत्साहित र खुसी भएका छन् । सामग्री बुझ्दै विद्यार्थीहरूले खुसी व्यक्त गर्दै भने, “हाम्रो लागि भगवान बनेर आउनुभयो ।”
लामो समयदेखि मुगु जिल्लाको शिक्षा र समाजसेवामा निरन्तर योगदान पुर्याउँदै आउनुभएका फाउन्डेसनका अध्यक्ष एवं समाजसेवी अक्कल बहादुर बोहराले उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । बोहरा पूर्व सशस्त्र प्रहरी बलका हवलदार, पूर्व धावक खेलाडी तथा मुगु जिल्लाकै पहिलो सगरमाथा आरोही हुनुहुन्छ ।

समाजसेवी बोहराले मुगु जिल्लाका दुर्गम क्षेत्रमा रहेका विद्यालयहरूमा पुगेर विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको शिक्षामा टेवा पुगोस् भन्ने उद्देश्यले निरन्तर स्टेसनरी सामग्री वितरण गर्दै आउनुभएको छ ।
स्थानीय बासिन्दाहरूका अनुसार बोहरा दिन–दुःखी, असहाय, अस्पतालमा छटपटाइरहेका बेसहारा, टुहुरा र अपाङ्गता भएका व्यक्तिहरूका लागि सधैं संकटको सारथी बन्दै आउनुभएको छ । मुगुको शिक्षा क्षेत्रको विकास र मानवीय सेवामा उहाँले पुर्याएको यो ठूलो योगदानको सर्वत्र प्रशंसा भइरहेको छ ।

