
- राष्ट्र बैंकले एटीएमबाट १ सय रुपैयाँका नोट पनि वितरण गर्न बैंकहरूलाई निर्देशन दिएको छ।
- दशैंमा साना नोट साट्ने ग्राहकको भीड घटाउन यो व्यवस्था गर्न लागिएको हो।
- अब एटीएममा ५ सय र १ हजारका साथै १ सय रुपैयाँका नोट पनि उपलब्ध हुनेछन्।
काठमाडौं।नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एटीएम मेसिनबाट १ सय रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ।

बैंकको मुद्रा व्यवस्थापन विभाग, आन्तरिक प्रशासन फाँटले नेपाल बैंकर्स संघलाई पत्र पठाउँदै एटीएमबाट हाल वितरण हुँदै आएका १ हजार र ५ सय रुपैयाँ दरका नोटसँगै १ सय रुपैयाँ दरका नोट पनि वितरण गर्न आग्रह गरेको हो।
बैंकले नजिकिँदै गरेको बडादशैंलाई मध्यनजर गर्दै एटीएमबाट १ सय रुपैयाँका नोट वितरण गर्न सके बैंक तथा वित्तीय संस्थामा साना दरका नोट साट्न आउने ग्राहकको भीड उल्लेख्य रूपमा कम हुने जनाएको छ।
