रविको प्रशंसा गर्दै संसदमा आरेनले भने– देश चलाउन नसके बालेनले हात उठाए हुन्छ !

समाचार सारांश
Auto Generated by AI
  • श्रम संस्कृति पार्टीका सचेतक आरेन राईले देश चलाउन नसके हात उठाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।
  • सरकार लाचार बनेको भन्दै राईले देशको नेतृत्व गर्न अरूलाई अवसर दिनुपर्ने जिकिर गरेका छन्।
  • सुनसरी घटनामा सर्वदलीय बैठकको पहल गरेको भन्दै उनले रवि लामिछानेको प्रशंसासमेत गरेका छन्।

काठमाडौ – श्रम संस्कृति पार्टीका सचेतक आरेन राईले देश चलाउन नसके हात उठाउन प्रधानमन्त्री वालेन्द्र शाहलाई सुझाव दिएका छन् ।

Workplace

 

बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा राईले देशमा घटना भइरहेको समयमा प्रधानमन्त्री नदेखिएको भन्दै काम गर्न नसके हात उठाउन सुझाव दिएका हुन् ।

सरकार कालो कोठाभित्र लुकेर चिह्याइरहेको छ । देश चलाउन नसक्ने हो भने हात उठाए हुन्छ । रास्वपामा १८२ सांसद छन्, कोही-कसैले देश लिड गरेर जाला,’ राईले भने ।

सांसद राईले सुनसरीको कप्तानगञ्ज घटनाको विषयलाई लिएर सरकार लाचार बनिरहेको समयमा सर्वदलीय बैठकको पहल गरेको भन्दै रास्वपा सभापति रवि लामिछानेको प्रशंसा गरे ।

राईले बालेनलाई हात उठाउन सुझाव दिँदा रास्वपा सभापति लामिछाने संसदमै थिए ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?