
- देशका अधिकांश पहाडी र हिमाली क्षेत्रमा अहिले सामान्यदेखि आंशिक बदली छ।
- कोसी, बागमती, गण्डकी र कर्णालीका उच्च भेगमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
- दिउँसो देशभर वर्षा र हिमपातको सम्भावना छ भने केही स्थानमा भारी वर्षासमेत हुन सक्छ।
काठमाडौं।जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज मंगलबार बिहान ८ बजे अद्यावधिक गरेको बुलेटिनअनुसार हाल कोसी, मधेस, बागमती, गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी र हिमाली भेगमा साधारणतया बादल तथा बाँकी तराईमा आंशिक बादल लागेको छ। अनि कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोसी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा भने भारी वर्षा पनि भइरहेको छ।

मौसम महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा र मधेस प्रदेश तथा कोसी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
