
- गुल्मीको निस्ती खोला तर्ने क्रममा कल्पना पुन बेपत्ता भएकी छन्।
- इश्मा गाउँपालिका जाने क्रममा २८ वर्षीया महिलालाई खोलाले बगाएको हो।
- घटनास्थलमा प्रहरी टोली खटिएर खोजी कार्य जारी राखेको छ।
गुल्मी।गुल्मीको मुसीकोट नगरपालिका–५ इन्द्रगौंडाकी एक महिला खोलाले बगाउँदा बेपत्ता भएकी छन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार २०८३ भदौ २८ गते साँझ करिब ७ बजे २८/२९ वर्षीया कल्पना पुन माइतीघर इस्मा गाउँपालिका–४ हुला जाने क्रममा सोही स्थानस्थित निस्ती खोला तर्ने क्रममा खोलाले बगाएको स्थानीयले जानकारी गराएका थिए।
जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी इस्माबाट प्रहरी सहायक निरीक्षक सुमन रावतको कमाण्डमा ४ जना र प्रहरी चौकी पौदीअमराईबाट प्रहरी वरिष्ठ नायब निरीक्षक विजय नाथ यादवको कमाण्डमा ४ जनाको टोली घटनास्थलमा खटिई खोजतलास गरिरहेको प्रहरीले जनाएको छ।
