अर्थमन्त्री खनाल र भारतीय राजदूतबीच शिष्टाचार भेट

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले मंगलबार शिष्टाचार भेट गरेका छन् ।

Workplace

भेटका क्रममा अर्थमन्त्री खनालले नेपाल–भारतबीचको ऐतिहासिक र विशेष सम्बन्धको चर्चा गर्दै भारतले पुर्‍याउँदै आएको निरन्तर सहयोगप्रति आभार व्यक्त गरे । उनले विद्यमान चुनौतीपूर्ण परिस्थितिमा छिमेकी मुलुकसहित दातृ निकायहरूसँग आर्थिक साझेदारी निरन्तर आवश्यक रहेकोमा जोड दिए ।

- Advertisement -Workplace

त्यस अवसरमा राजदूत श्रीवास्तवले भारत नेपालकै सबैभन्दा नजिकको छिमेकी भएको नाताले दुवै मुलुकबीचको सम्बन्ध अझ मजबुत बनाउन तत्पर रहेको बताए । उनले भारतले सञ्चालन गरिरहेका विकास आयोजना तथा कार्यक्रमलाई अझ गति दिने प्रतिबद्धता व्यक्त गर्दै नेपालमा लगानी गरिरहेका भारतीय निजी क्षेत्रको मनोबल उच्च बनाउन सहयोग गर्ने आश्वासन दिए ।

यसैगरी, नेपाल–भारत व्यापार सहजीकरणका लागि दुवै पक्षबीच समन्वय सुदृढ गर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?