काठमाडौंमा ग्यास आपूर्ति सहज बनाउन ५० हजार सिलिन्डर ल्याइने

समाचार सारांश
Auto Generated by AI
  • काठमाडौँमा ग्यासको अभाव हटाउन ५० हजार सिलिन्डर ल्याइने भएको छ।
  • मन्त्री र सरोकारवालाबिच आपूर्ति सहज बनाउने विषयमा छलफल भएको छ।
  • कृष्णभीरको पहिरोले गर्दा सडक अवरुद्ध भएर ग्यास आपूर्तिमा समस्या भएको हो।

काठमाडौ।काठमाडौंमा ग्यास आपूर्ति सहज बनाउन ५० हजार सिलिन्डर ल्याइने भएको छ।

Workplace

ग्यासको समस्या समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले शुक्रबार ग्यास उद्योगी तथा सम्बन्धित सरोकारवालासँग छलफल गरेका हुन्। छलफलमा आपूर्ति सहज बनाउन आवश्यक समन्वय र वैकल्पिक व्यवस्थाबारे कुरा भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा दैनिक करिब ४० हजार सिलिन्डर ग्यास खपत हुने भए पनि तत्काल आपूर्ति सहज बनाउन ग्यास उद्योगीहरूले ५० हजार सिलिन्डर ग्यास ल्याउने प्रतिबद्धता जनाएका छन्।

मन्त्रालयले कृष्णभीरको पहिरोले भदौ १४ गतेदेखि सडक अवरुद्ध हुँदा ग्यास बोकेका बुलेट काठमाडौं आउन नसकेर आपूर्तिमा समस्या भएको उल्लेख गरेको छ

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?