भोटेकोशी बाढीपछि बेपत्ता पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि

समाचार सारांश
Auto Generated by AI
  • भोटेकोशी बाढीमा बेपत्ता भएका पत्रकार टेकराज थामीको कुशको शव बनाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो।
  • लामो समय पत्रकारिता र प्राध्यापनमा सक्रिय थामी भदौ १० गतेदेखि बेपत्ता भएका थिए।
  • अन्त्येष्टिमा पत्रकार महासङ्घका पदाधिकारी र थामी समाजका प्रतिनिधिले श्रद्धाञ्जली अर्पण गरेका छन्।

काठमाडौं।भोटेकोशी बाढीपछि बेपत्ता पत्रकार टेकराज थामीको कुशको शव बनाएर आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

Workplace

नयाँ पत्रिका दैनिकका पत्रकार थामी गत भदौ १० गतेदेखि सम्पर्कविहीन भएका थिए। दोलखाको कालीञ्चोक गाउँपालिका-२, बाबरेमा २०४२ साल जेठ १४ गते जन्मिएका थामीको प्रतीकात्मक शवमा उनका पिता डीलबहादुर थामीले दागबत्ती दिए।

दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय थामीले कलमका माध्यमबाट गरेको योगदानको स्मरण गरिएको छ।

पत्रकारितामा स्नातकोत्तर ४१ वर्षीय थामीले एचबिसी एफएम, सगरमाथा टेलिभिजन, एबिसी टेलिभिजन हुँदै नयाँ पत्रिकामा लामो समय काम गरेका थिए। उनले बागीश्वरी क्याम्पस र समृद्धि क्याम्पसमा पत्रकारिताको अध्यापन गर्नुका साथै पत्रकारिता प्रशिक्षण तथा लेखनमा समेत आफूलाई सक्रिय राखेका थिए।

गोरखापत्र दैनिकको थामी भाषा पृष्ठका संयोजकसमेत रहेका टेकराज नेपाल पत्रकार महासङ्घ र प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय सदस्यका साथै नेपाल थामी समाजका पूर्वउपाध्यक्ष र नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का पूर्वकोषाध्यक्ष थिए।

चीनको स्वशासित क्षेत्र सिचाङको केरूङमा भदौ १० गतेका निम्ति निर्धारित ‘साउथ एसिया रिसर्च सेन्टर इन साउथवेष्ट चाइना’ कार्यक्रममा सहभागी हुन पत्रकार थामी भदौ ९ गते साँझ आफ्नै मोटरसाइकलबाट रसुवाको धुन्चे हुँदै रसुवागढी पुगेका थिए।

पत्रकार थामीको कुशको शवमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले महासङ्घको झण्डा ओढाएकी थिइन् भने नेपाल थामी समाजका अध्यक्ष रणबहादुर थामीलगायतले श्रद्धाञ्जली व्यक्त गरेका थिए।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?