
- शुक्रबार सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले घटेको छ।
- आज सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
- चाँदीको मूल्यमा पनि २५५ रुपैयाँ घटेर ४ हजार ६ सय कायम भएको छ।
काठमाडौ – शुक्रबार एकैदिन सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ५ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
यो साताको पहिलो दिन आइतबार सुनको मूल्य ३ लाख ७ हजार ४ सय रुपैयाँ थियो ।
आज चाँदीको भाउ तोलामा २५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८५५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ६ सयमा झरेको छ ।
साताको पहिलो दिन आइतबार चाँदीको भाउ ४ हजार ७६५ रुपैयाँ थियो ।
