
- चितवनको भरतपुरमा गुडिरहेको कारमा आगलागी हुँदा चालकको मृत्यु भएको छ।
- घटनास्थलमै चालकको शरीर जलेकाले हालसम्म उनको पहिचान खुलेको छैन।
- प्रहरीले आगलागीको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ।
काठमाडौ -चितवनको भरतपुर महानगरपालिका–९ को पूर्व–पश्चिम राजमार्गमा कारमा आगलागी हुँदा चालकको मृ`त्यु भयको हो ।

आज बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको कारमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आगलागीमा परी कारभित्र रहेका चालकको घटनास्थलमै मृ`त्यु भयको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागीबाट चालकको शरीर पूर्ण रूपमा जलेका कारण तत्काल पहिचान खुल्न सकेको छैन । आगलागीपछि दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।
आगलागीबाट कार पूर्ण रूपमा जलेर क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।
घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ।
