महोत्तरीको महोत्तरी गाउँपालिका ५ गोरिगामामा बस पल्टिँदा १५जनाभन्दा बढी यात्रु घाइते भएका छन् । ना३ख ८९९७ नं. को यात्रुवाहक बस गति अनियन्त्रित भई खेतमा पल्टिएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताए।

दुर्घटनाका घाइतेहरुलाई आवश्यक उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर तथा अन्य स्थानहरुमा पठाइएको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीकाे भनाइ छ ।
बस पल्टिएपछि चालक र सहचालक फरार छन् । प्रहरीले घटनाबारे थप बुझिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तलाल प्रसाद जयसवारले बताए ।
