बुटवल

माघ२०-
बुटवलमा भएको सवारी दु`र्घटनामा एक जनाको मृ`त्यु भएको छ।बुटवल बाट भैरहवा जांदै गरेको लु २ ख ८८६ नम्बरको ट्कले सोही दिशा तर्फ जांदै गरेको लु ९४ प ८५९४ नम्बरको स्कुटरलाई बुटवलको राजमार्ग चौराहा चोकमा ठक्कर दिँदा दु`र्घटना भएको हो ।
दु`र्घटनामा गम्भीर घा`इते स्कुटरमा सवार यात्रु बुटवल १० कालिकानगरका ७२ बर्षिय धन बहादुर पुनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा निधन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरिक्षक इश्वरी अधिकारीले बताउनुभयो ।
ठक्कर दिएर भागेको ट्रक र चालकलाइ इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको र घ`टना बारे अनुसन्धान जारि भईरहेको प्रहरीले बताएको छ ।
