बकैयामा ३५ वर्षीय युवक मृत फेला, परिवारका सदस्यसहित पाँचजना नियन्त्रणमा

समाचार सारांश
Auto Generated by AI
  • मकवानपुरको बकैयामा ३५ वर्षीय राजकुमार खत्री आफ्नै कोठामा मृत फेला परेका छन्।
  • घटना शंकास्पद देखिएपछि प्रहरीले श्रीमती र आमासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।
  • प्रहरीले तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरी घटनाको थप अनुसन्धान थालेको छ।

काठमाडौं।मकवानपुरको बकैया गाउँपालिकामा आफ्नै सुत्ने कोठाभित्र एक युवक शंकास्पद अवस्थामा मृत फेला परेपछि प्रहरीले श्रीमती, आमा र भाइसहित पाँच जनालाई नियन्त्रणमा लिएर ज्यान सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ।

Workplace

बकैया गाउँपालिका वडा नं-१२ धारापानी बस्ने मानबहादुर खत्रीका ३५ वर्षीय छोरा राज कुमार खत्री आफ्नै घरको कोठामा मृत अवस्थामा भेटिएका हुन्। घटना भदौ १९ गते दिउँसो करिब १ बजे सार्वजनिक भएको थियो।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय ठिङ्गनबाट प्रहरी निरीक्षक सुशान्त मिश्रको कमाण्डमा खटिएको टोलीले घटनास्थललाई नियन्त्रणमा लिई सुरक्षित राखेको थियो।

घटना रहस्यमय देखिएपछि विस्तृत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (प्र.उ.) श्याम बहादुर खत्रीको कमाण्डमा घटनास्थल जाँच प्रविधि टोली तथा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरिएको थियो।

प्रहरीले घटनास्थलको प्रारम्भिक मुचुल्का तयार गरी शंकास्पद देखिएका पाँच जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरूमा मृतककी ३५ वर्षीया श्रीमती सलिना घले, ६० वर्षीया आमा गोमा खत्री, ३३ वर्षीय भाइ दिनेश खत्री तथा स्थानीय ४५ वर्षीय अमर खत्री र ४५ वर्षीय राजेन्द्र घले रहेका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?